साम्प्रदायिक हिंसा नहोस् भनेर लुम्बिनीमा शान्ति प्रार्थना
शुक्रबार, साउन १५, २०८३
बुटवल - सुनसरीमा उत्पन्न घटनापछि मुलुकमा देखिएको अशान्ति, हिंसा अन्त्यको कामना गर्दै बुद्धजन्मस्थल लुम्बिनीमा शुक्रबार विहान शान्तिपाठ गरिएको छ ।लुम्बिनी विकास कोषको आयोजनामा सामाजिक सद्भाव, सहिष्णुता, आपसी भाइचारा र दिगो शान्तिको कामना सहित मायादेवी मन्दिरमा शान्ति पाठ तथा प्राथना गरिएको हो । भिक्षु भिक्षुणीहरुले पछिल्लो समय विभिन्न द्धन्द्धका कारणले मृत्यू भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मुलुकमा शान्ति, सद्भाव, सहिष्णुता र भातृत्वको कामना गरेका छन् ।


