देशभरका सुनचाँदी व्यवयासीहरु बुटवलमा भेला हुँदै
शुक्रबार, साउन १५, २०८३
बुटवल - देशभरका ७ सय सुनचाँदी व्यवसायीहरु शनिबार बुटवलमा भेला हुने भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघको १३ औ र १४ औं वार्षिक साधारण सभाका लागि महासंघमा आवद्ध ८४ जिल्ला/नगर संघ, बस्तुगत र २३ वटा एशोसिएट सदस्यहरु सहित, पर्यवेक्षकहरु एवं सदस्यहरु बुटवलमा भेला हुन लागेका हुन् । बार्षिक साधारणसभाका लागि केन्द्रीय पदाधिकारीहरु बुटवलमा आइपुगेका छन् ।


