रोटरी क्लब अफ लुम्बिनीद्धारा कामाधेनु गौशालामा पोशाक र गौआहार प्रदान
शनिबार, साउन ३०, २०८३
बुटवल- रोटरी क्लब अफ लुम्बिनीले शनिबार देवदह स्थित कामाधेनु गौशालमा पोशाक तथा गौआहार प्रदान गरेको छ । क्लबको १२८ औं नियमित बैठकको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत गौशालामा पोशाक तथा गौआहार वितरण गरेको हो ।क्लबका संस्थापक अध्यक्ष थानेश्वर पाण्डेको जन्मदिन समेत परेको अवसरमा पोशाक र गौआहार प्राप्त भएको क्लबले जनाएको छ । उक्त अवसरमा टिर्सर्ट तथा चापट, नुन भेली र खली गौशालालाई प्रदान गरिएको थियो ।


