Lumbini Rise
रोटरी क्लब अफ लुम्बिनीद्धारा कामाधेनु गौशालामा पोशाक र गौआहार प्रदान 


बुटवल- रोटरी क्लब अफ लुम्बिनीले शनिबार देवदह स्थित कामाधेनु गौशालमा पोशाक तथा गौआहार प्रदान गरेको छ । क्लबको १२८ औं नियमित बैठकको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत गौशालामा पोशाक तथा गौआहार वितरण गरेको हो ।

क्लबका संस्थापक अध्यक्ष थानेश्वर पाण्डेको जन्मदिन समेत परेको अवसरमा पोशाक र गौआहार प्राप्त भएको क्लबले जनाएको छ । उक्त अवसरमा टिर्सर्ट तथा चापट, नुन भेली र खली गौशालालाई प्रदान गरिएको थियो ।

क्लबका अध्यक्ष जीवन बुढाथोकीको अध्यक्षता, डिस्ट्रिक ३२९२ का येशआइन् एजि प्रमोद पन्थीको प्रमुख आतिथ्यता, गौशालाका संरक्षक योगी सोमराजको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष थानेश्वर पाण्डे, देवदह माविका प्रधानाध्यापक हरी पाण्डे लगायतले बाेलेका थिए । 

सामाजिक उत्तरदायित्वका लागि क्लबले विभिन्न रचनात्मक कार्यक्रम गर्ने गरेको अध्यक्ष बुढाथोकीले बताए ।  उपाध्यक्ष कविराज भट्टराईको सञ्चालन, कार्यक्रम संयोजक लक्ष्मण सुवेदीको स्वागतमा भएको कार्यक्रममा इलेक्ट अध्यक्ष राहुल क्षेत्रीले धन्यवाद ज्ञापन गरेका थिए । 
 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  २०:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update