पहिराे हटाएसँगै खुल्याे बुटवल पाल्पा सडक, राेकिएका गाडी चल्न थाले
बुधबार, भदौ ३, २०८३
बुटवल - पहिरो झरेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड सञ्चालनमा आएको छ ।बुधबार बिहान तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्ग सडकमाथिबाट पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएपछि राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।


