Lumbini Rise
पहिराे हटाएसँगै खुल्याे बुटवल पाल्पा सडक, राेकिएका गाडी चल्न थाले

बुटवल - पहिरो झरेर अवरुद्ध भएको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडकखण्ड सञ्चालनमा आएको छ ।

बुधबार बिहान तिनाउ गाउँपालिका–३ सिद्धबाबा सुरुङमार्ग सडकमाथिबाट पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाएपछि राजमार्ग दुईतर्फी नै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update