एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो सुन
बिहीबार, भदौ ४, २०८३
काठमाडौं - बिहीबार सुनको भाउ तोलामा ९ हजार ३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ तोकेको छ ।


