Lumbini Rise
एकैदिन तोलामा ९ हजार ३ सय रुपैयाँ बढ्यो सुन

काठमाडौं - बिहीबार सुनको भाउ तोलामा ९ हजार ३ सय रुपैयाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन ३ लाख ४ हजार १ सय रुपैयाँ थियो । चाँदी तोलामा २६० रुपैयाँ बढेको छ । महासंघले अघिल्लो दिन प्रतितोला ४ हजार ५९५ रुपैयाँ तोकेको चाँदीको मूल्य आज ४ हजार ८५५ रुपैयाँ कायम गरेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update