रसुवा बाढी : सुरक्षित ठाउँमा राखिएका सुस्ताका नागरिकहरु पानीकाे सतह घटेसँगै घर फर्कन थाले
बिहीबार, भदौ ११, २०८३
बुटवल- रसुवामा आएको बाढीका कारण नारायणी नदीमा पानीको सतह बढेपछि जोखिममा रहेको नवलपरासी (पश्चिम) को सुस्ता क्षेत्रका स्थानीय पुन आफ्नै निवासतर्फ र्फकन थालेका छन् ।नरायणी नदीमा पानीको सतह बढेपछि प्रशासनले सुस्ताका बासिन्दालाई सुरक्षित स्थानमा स्थान्तरण गरेको थियो । बुधबार साँझ सुस्ता गाउँपालिका–५ का बासिन्दालाई बीपी माध्यमिक विद्यालयमा राखिएको थियो ।


