नेपाल औषधी व्यवसायी संघ रुपन्देहीद्धारा सञ्चारकर्मीहरुसँग छलफल
शुक्रबार, जेठ २३, २०८२
बुटवल– नेपाल औषधी व्यवसायी संघ रुपन्देहीले सञ्चारकर्मीहरुसँग स्वास्थ्य सञ्चार कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा व्यवसायीहरुले खुला सीमाका कारण हुने अवैध औषधीको आयातसँगै दर्ता नभएका औषधी पसल, घुमन्ते र झोलामा औषधी बिक्री गर्ने व्यवसायीहरुका कारण समस्या सिर्जना भएको भएको बताएका छन् । साथै एलोपेथिक र आयुर्वेदिक औषधीहरु एउटै पसलबाट बेच्न नपाउने नीतिगत व्यववस्था र औषधीजन्य सामग्रीमा भ्याट लाग्ने तर औषधीमा भ्याट नलाग्ने हुँदा पनि समस्या भइरहेको उनीहरुको भनाइ छ ।