अबको चुनावमा पनि कसैको बहुमत आउँदैन : महत
शनिबार, जेठ २४, २०८२
बुटवल- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २०८४ को चुनावमा पनि कुनै पार्टीको एकल बहुमत नआउने बताएका छन् । अर्घाखाँची रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन प्रणालीको कारणले चुनावपछि सरकार बनाउन कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताए ।