Lumbini Rise
अबको चुनावमा पनि कसैको बहुमत आउँदैन : महत 

बुटवल- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले २०८४ को चुनावमा पनि कुनै पार्टीको एकल बहुमत नआउने बताएका छन् ।  अर्घाखाँची रुपन्देही सम्पर्क समितिको दोस्रो अधिवेशनलाई शनिबार बुटवलमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले निर्वाचन प्रणालीको कारणले चुनावपछि सरकार बनाउन कसै न कसैसँग मिल्नुपर्ने बाध्यता रहेको बताए ।

‘खासगरी आगामी चुनावमा कम्युनिष्ट कम्युनिष्ट नमिलून्, त्यो सुनिश्चित गरेर एक्लाएक्लै चुनाव लडौँ, हामीले अहिले लक्ष्य राखेको पनि त्यही हो ’ उनले भने । उनले अहिले सात बुँदे सहमति पनि एमालेसँग त्यही अनुसार भएको बताए ।  प्रतिनिधि सभा सदस्य समेत रहेका महतले एमाले नेतृत्वको सरकार बनाएर कांग्रेसले सबै कुरा नसुम्पिएको दाबी गरे । 


त्यस्तै नेपाली काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले कांग्रेस विवादित मनस्थिले हैन  एक भएर अगाडि बढे अधिकांश क्षेत्रमा जित सुनिश्चित गर्ने बताए ।

कार्यक्रममा पूर्व केन्द्रीय सदस्य रेवती प्रसाद भुसाल, आमन्त्रित पूर्व केन्द्रीय सदस्य महेन्द्र भुसाल, बालकृष्ण पाण्डे, नेपाली काँग्रेस प्रदेश कोषाध्यक्ष प्रकाश राना, सहमहामन्त्री बिष्णु खनाल,सदस्य बिष्णु पोखरेल,नेका जिल्ला सभापति केशव श्रेष्ठले लगायतले बोलेका थिए । 
 

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update