पेलेगा डाँडाबाट निस्किरहेको धुवाँ जाँच्न विज्ञ टोली पूर्वी नवलपरासीमा
बुधबार, भदौ ३१, २०८३
बुटवल - केही महिनादेखि धुवाँको मुस्लो निस्किरहेको पूर्वी नवलपरासीको पेलेगा डाँडाको अध्ययन गर्न खानी तथा भूगर्भ विभागका विज्ञहरूको टोली मंगलबार पूर्वी नवलपरासी आइपुगेको छ ।खानी तथा भूगर्भ विभागका सूचना अधिकारी नारायण बाँस्कोटाका अनुसार विभागका विज्ञ प्रकाश लुँइटेलको नेतृत्वमा ४ सदस्यीय टोलीले मंगलबार जिल्ला प्रशासन कार्यालयमा पुगेर सरोकारवालासँग छलफल गरेको छ । हुप्सेकोट गाउँपालिका–६ स्थित पेलेगा डाँडाबाट धुवाँ निस्किरहेको स्थानमा बुधबार पुगेर अध्ययन गर्ने तयारीस्वरूप टोलीले मंगलबार प्रारम्भिक छलफल गरेको हो ।


