सिद्धबाबा क्षेत्रमा गुडिरहेको कारमा ढुंगा खसेर लाग्दा दुई जना घाइते
बुधबार, भदौ ३१, २०८३
बुटवल - सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिकाको सिद्धबाबा क्षेत्रमा गुडिरहेको कारमा ढुंगा खसेर लाग्दा दुई जना घाइते भएका छन् ।पाल्पा–बुटवल सडक खण्डअन्तर्गतको माथिल्लो सिद्धबाबा मन्दिरनजिकै गुडिरहेको बा२०च ३९९९ कारमा सडकमाथिबाट खसेको ढुंगा लागेर दुई जना घाइते भएको तिनाउ, दोभानका स्थानीय सुमन थापाले जानकारी दिए ।


