Lumbini Rise
सिद्धबाबा क्षेत्रमा गुडिरहेको कारमा ढुंगा खसेर लाग्दा दुई जना घाइते

बुटवल - सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिकाको सिद्धबाबा क्षेत्रमा गुडिरहेको कारमा ढुंगा खसेर लाग्दा दुई जना घाइते भएका छन् ।

पाल्पा–बुटवल सडक खण्डअन्तर्गतको माथिल्लो सिद्धबाबा मन्दिरनजिकै गुडिरहेको बा२०च ३९९९ कारमा सडकमाथिबाट खसेको ढुंगा लागेर दुई जना घाइते भएको तिनाउ, दोभानका स्थानीय सुमन थापाले जानकारी दिए । 

घाइते हुनेमा बुटवल उपमहानगरपालिकाको दीपनगर बस्ने ३७ वर्षीया जुलन गैरे, बुटवल उपमहानगरपालिका, जेसिस चोक बस्ने ६२ वर्षीया राधिका ढकाल रहेका छन् । दुवैको बुटवल हस्पिटल प्रालिमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी, प्रहरी नायव उपरिक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

कारको पछाडिको भाग पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । रूपन्देहीको शुद्धोधन गाउँपालिकाको कोलुवा बस्ने ३६ वर्षीय कार चालक राजकुमार लोध भने सकुशल रहेको प्रहरीले जनाएको छ । पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको कार दुर्घटनामा परेको हो । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update