काँग्रेस अर्घाखाँची प्रदेश प्रतिनिधिमा दीपक केसीद्वारा उम्मेद्वारी घाेषणा
शुक्रबार, असोज ९, २०८३
अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँची प्रदेश सभा क्षेत्र नं. २(ख) बाट ३५ वर्षमुनिको युवा प्रदेश प्रतिनिधि पदका लागि दीपक केसीले उम्मेदवारी घोषणा गरेका छन्।परिवर्तनको कुरा मात्र गरेर नपुग्ने भन्दै परिवर्तनको नेतृत्व गर्न युवा पुस्ता स्वयं अघि बढ्नुपर्ने धारणा राख्दै केसीले आफ्नो उम्मेदवारीलाई युवाको आवाज, सहभागिता र नयाँ सोचलाई पार्टीको निर्णय तहसम्म पुर्याउने प्रयासका रूपमा प्रस्तुत गरेका छन्।


