तिनाउले बुटवल टपमझुवाका ५ घरमा क्षती, २ घर पूर्णरुपमा बग्याे
आइतबार, असोज ११, २०८३
बुटवल- लगातारको वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ टपमझुवाकाे २ घर बगाएकाे छ भने ३ घरमा क्षती पुर्याएकाे छ। नदीको जलसतह सतर्कता तह पार गरेपछि जोखिमयुक्त क्षेत्रका करिब ९ सय जनालाई सुरक्षित स्थानमा सारिएको छ।


