बुटवलमा मनाइयो परियार सेवा समाजको स्थापना दिवस
बुधबार, जेठ २८, २०८२
बुटवल – परियार सेवा समाजको ३० औं स्थापना दिवस बुटवलमा एक कार्यक्रमका वीच मनाइएको छ । परियार सेवा समाज रुपन्देहीको आयोजनामा संस्थाको ३० औं स्थापना दिवसको अवसरमा सोमबार बुटवलमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरि मनाइएको हो । कार्यक्रमको उद्घाटना गर्दै प्रमुख अतिथि मानवअधिकार तथा शान्ति समाजका पुर्व केन्द्रीय अध्यक्ष गोविन्द खनालले यस संस्थाले संस्थाको उदेश्यसंगै समानतामुलक समाज निर्माणमा पनि निरन्तर योगदान दिंदै आएको बताएका थिए ।