प्रेसमाथि भएका हमलाप्रति सम्पादकहरूको आपत्ति
शनिबार, जेठ ३१, २०८२
काठमाडौं- सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्न खोजेको घटनामा सम्पादकहरूले आपत्ति जनाएका छन् । शनिबार विभिन्न मिडियाका ३५ जना सम्पादकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै फरक उद्देश्यका लागि बनेको कानुनको दुरुपयोग गर्दै सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्न खोजेको भन्दै आपत्ती जनाएका हुन् ।