भूम्या पर्वको अवसरमा लुम्बिनीका सभामुख घर्तीद्वारा शुभकामना व्यक्त
आइतबार, असार १, २०८२
बुटवल - लुम्बिनीका चार जिल्लामा मनाइने भूम्या पर्वको अवसरमा लुम्बिनीका सभामुख तुलाराम घर्ती मगरले शुभकामना दिएका छन् । "विगतमा राज्यद्वारा विभेदमा पारिएका उत्पीडित समुदायको उत्थान र हक अधिकार स्थापित गर्ने सन्दर्भमा लुम्बिनी प्रदेश सभा सामाजिक न्याय सम्बन्धी नीति र कानुन निर्माणमा प्रतिबद्ध छ । यसको साथै लुम्बिनी प्रदेशमा मगर, थारु र मधेसी समुदायको भाषालाई सरकारी कामकाजको भाषा बनाउन आवश्यक पर्ने कानुन निर्माणमा प्रदेश सभा हरदम तयार छ । " - शुभकामना सन्देशमा उल्लेख छ ।