नेकपा एकिकृत समाजवादी लुम्बिनीले १०९ वटै पालिकामा बिशेष अभियान थाल्ने
आइतबार, असार १, २०८२
बुटवल – नेकपा एकिकृत समाजबादी लुम्बिनी प्रदेशले बार्षिक क्यालेण्डर बनाएर विभिन्न अभियानको थालनी गर्ने निर्णय गरेको छ । अविधेशनबाट निर्वाचिन भएपछि बाँकेको नेपालगञ्जमा शुक्रबार र शनिबार बसेको बैठकले प्रदेश जिल्ला, पालिका र वडातहसम्म संगठन विस्तार गर्दै जनतासँग जोडिएका सवालमा अभियान थाल्ने निर्णय गरेको हो । बैठकमा १२ वटै जिल्लाको रिपोर्टीङ पश्चात सुशासन र रोजगारी, समाजवाको तयारी आन्दोलनको समिक्षा गर्दै त्यसलाई निरन्तरता दिने निर्णय समेत गरेको छ ।