-1749912269-1749955809.jpg)
बुटवल – नेकपा एकिकृत समाजबादी लुम्बिनी प्रदेशले बार्षिक क्यालेण्डर बनाएर विभिन्न अभियानको थालनी गर्ने निर्णय गरेको छ । अविधेशनबाट निर्वाचिन भएपछि बाँकेको नेपालगञ्जमा शुक्रबार र शनिबार बसेको बैठकले प्रदेश जिल्ला, पालिका र वडातहसम्म संगठन विस्तार गर्दै जनतासँग जोडिएका सवालमा अभियान थाल्ने निर्णय गरेको हो ।
बैठकमा १२ वटै जिल्लाको रिपोर्टीङ पश्चात सुशासन र रोजगारी, समाजवाको तयारी आन्दोलनको समिक्षा गर्दै त्यसलाई निरन्तरता दिने निर्णय समेत गरेको छ । बैठकले असार, साउन र भदौ महिनाभर संगठन निर्माण र किसानसंवाद अभियान गर्ने निर्णय भएको अध्यक्ष अब्लुल हुसेनले जानकारी दिए । उनका अनुसार आगामी, असोज र कार्तिक जनसंगठन बिशेष अभियान, मंसिर पुस प्रशिक्षण अभियान र माघ फागुन र चैतमा वडाकेन्द्रीत बिशेष अभियान सञ्चालन गरिनेछन् ।
चारवटा अभियान सञ्चालनका लागि जिम्मेवारी ताकेर पठाउने अध्यक्ष खाँनले बताए । उनले पार्टी केन्द्रीय कमिटिले सञ्चालन गरेको सुशासन र रोजगारीको आन्दोलनसँग जोडेर गरिने बताए । यस्तै भदौं सम्ममा १०९ वटै पालिका अधिवेशन सम्पन्न गर्ने जनसंगठन तथा वडा कमिटीको गठन पुर्न गठन गर्ने योजनागर्ने समेत निर्णय गरेको छ ।
यस्तै सचिवालय तथा सल्लाहकार कमिटी गठन गर्दै १५ बुदे समसामयिक प्रस्ताव समेत पारित गरेको छ। बैठकमा उपाध्यक्ष प्रकाश ज्वाला, महासचिव घनश्याम भुसाल उपमहासचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज मेटमणी चौधरी, सचिव तथा लुम्बिनी सहइन्चार्ज सोम प्रसाद पाण्डेले प्रशिक्षणात्मक मन्तब्य राखेका थिए ।