युद्धग्रस्त इरानबाट सकुशल बुटवल फर्के सुमन र गणेश, मेयर पाण्डेद्धारा भेटघाट
बुधबार, असार ११, २०८२
बुटवल - युद्धग्रस्त देश इरानमा रोजगारीका लागि गएका बुटवलका दुई नेपाली युवा बुधबार घर आइपुगेका छन् । उनीहरुलाई नेपाल सरकारको अनुरोधमा इरानको मसादबाट भारत सरकारले उद्धार गरेर नेपाल फर्काइएको हो ।बुटवल उपमहानगरपालिका–१२ का गणेशप्रसाद पोखरेल र वडा नं १३ का सुमन गैरे कपिलवस्तुको कृष्णनगर नाका हुँदै बुधबार बुटवल घर आइपुगेका हुन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले उनीहरु दुवै सकुशल आइपुगेको जानकारी दिए ।