जितेश्वरी टोलकाे अगुवाइमा सरसफाई तथा बृक्षारोपण
आइतबार, असार १५, २०८२
बुटवल - बुटवल १३ स्थित जितेश्वरी टोल विकास संस्था र जितेश्वरी आमा समूहले आईतबार स्वामी, बर र पिपल सहितका विरुवाहरुको वृक्षारोपण गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा पछिल्लो समय सडक क्षेत्रबाट विनाश हुँदै गएका वर, पिपल र स्वामीको संरक्षण गर्ने उदेश्यले टोल संस्थाको अगुवाईमा जितेश्वरी सामुदायिक वनको क्षेत्रमा बृक्षारोपण गरिएको हो । जितेश्वरी माध्यमिक विद्यालय परिसर, महिला आमा समूहको भवन परिसरमा निम, कदम, गुलमोहर, अमला लगायतका विरुवाहरुको बृक्षारोपण गरिएको छ भने विद्यालयको उत्तरतर्फ भैरव मन्दिर जाने सडक छेउमा व्यवस्थित चौतारी बनाउने गरी वर, पिपल र स्वामीको विरुवाहरु बृक्षारोपण गरिएको छ ।