गुल्मीको रिडी–वामीटक्सार सडकमा अबरुद्ध
सोमबार, असार १६, २०८२
गुल्मी- अविरल वर्षाका कारण गुल्मीको रिडी–वामीटक्सार सडकमा अबरुद्ध भएको छ । गएराति परेकाे बर्षाका कारण पहिराे गएपछि सडक अवरुद्ध बनेको हो । सडकको चन्द्रकोट गाउँपालिका– ८ र मुसिकोट नगरपालिका–५ को सिमाना नजिकै तल्लो फाँटमा आज बिहान पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको हो ।