नेपाल उद्यान महासंघको घाेषणा, सराेकारवालासँग सुझाव संकलन
सोमबार, असार ३०, २०८२
बुटवल- देशभरका उद्यानहरुको संस्थागतविकास तथा पर्यटकीय स्थलहरुको प्रचार प्रसार गर्ने उदेश्यले नेपाल उद्यान महासंघ स्थापना गरिएको छ । सोमबार बुटवलमा कार्यक्रम गरी महासंघको औपचारीक घोषण गरिएको हो ।‘एक टोल एक उद्यान’को भावना सहित देशभरका पार्क, बगैंचा, फूलबारी, तालतलैया र पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरूलाई संरक्षण, सम्बद्र्धन र समुन्नत विकास गर्दै लैजाने लक्ष्य राखेको छ ।