बुटवल उपमहानगरद्धारा सेवा प्रवाहबारे गर्याे सार्वजनिक सुनुवाइ
सोमबार, असार ३०, २०८२
बुटवल - बुटवल उपमहानगरपालिकाले साेमबार सार्वजनिक सुनुवाइ गरेको छ । कार्यक्रममा नगरका प्रमुख खेलराज पाण्डेले सेवा प्रवाहमा सुधारका लागि उठेका सबै विषयलाई नगर कार्यपालिकामा छलफल गरी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नगरप्रमुख पाण्डेले मोतिपुरमा औद्योगिक क्षेत्र र सिमलारमा कृषिजन्य सम्भावनाहरूलाई प्राथमिकतामा राख्ने योजना प्रस्तुत गरे।