रुपन्देहीमा बुटवलसहित तिलोत्तमा र सैनामैनामा कोरा २०२५ हुँदै
बिहीबार, साउन १, २०८२
बुटवल – पर्यावरण र स्वास्थ्य जोडिएको साईकल अभियानका रुपमा गरिँदै आएको पर्यटन प्रवर्द्धन हुने कोरा साईक्लिङ कार्यक्रमको तिब्र तयारी भैरहेको छ । विश्वभर नै पर्वको रुपमा लिईने कोरा यसपटक रुपन्देहीमा ३ पालिकाहरुमा हुँदैछ । बुटवलसहित तिलोत्तमा र सैनामैनामा समेत कोरा २०२५ हुने भएको हो । मणिमुकुन्द बुटवल कोरा २०२५ को पाँचौ संस्करणको तयारी बारे विहिबार बुटवलमा पत्रकार सम्मेलन गरि तयारी पूरा भएको आयोजक बुटवल युनाईटेड क्लबले जनाएको छ ।