कालिकाद्धारा कक्षा ११ का विद्यार्थीलाई अभिमुखीकरण तथा स्वागत
बिहीबार, साउन १, २०८२
बुटवल - राष्ट्र कै सर्वोत्कृष्ट सामुदायिक विद्यालयको रूपमा पुरस्कृत बुटवल १० कालिका नगरमा रहेको कालिका मानव ज्ञान मावि विद्यालयले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूको लागि अभिमुखीकरण कार्यक्रम गरेको छ।शैक्षिक सत्र २०८२÷०८३ का लागि भर्ना भएका विद्यार्थीहरूलाई उत्प्रेरणात्मक कार्यक्रम सहित अभिमुखीकरण कार्यक्रमको सुरुवात गरिएको हो ।