Lumbini Rise
बेलहिया हुँदै प्रवेश गर्ने पर्यटकलाइ भव्य स्वागत

भैरहवा - शनिबार बिहान ९ बज्नै लाग्दा नेपालभारत दसगजानजिकै नेपालप्रवेशद्वारमा फरक माहौल देखियो । सधै नेपालबाट भारततर्फ त भारतबाट नेपालतर्फ जानआउनहतारिनेहरु केहिबेर रोकिदै यताउतागरिरहेको देखिए ।

बिहानैदेखिप्रवेशद्वारमानिरन्तर नेपाली राष्ट्रिय गीतबजिरहेको थियो । भारतबाट दशै मनाउन स्वदेश फर्किएकाहरुमामात्रै नभएर नेपाल घुम्न आएकाविदेशीमानिसहरु अनुहारमासमेत उल्लास छाईरहेको थियो ।

नेपालप्रवेशद्वारसँगै टासिएर निर्माण भएको एउटा सानो टेन्टमा जब पर्यटन ब्यवसायीमन्जु गिरीले बोल्न थालिन् तब यत्रतत्र छरिएकाहरु त्यहाँ राखिएकाकुर्चिमा बस्न थाले । केहिबेरमै लुम्बिनीप्रदेश सरकारकाप्रमुख सचिवबाबुरामअधिकारी र नेपालएशोसियनअफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनीकाअध्यक्षचन्द्र बहादुर थापाले चार जनाविदेशीपर्यटकलाई खादा, माला र बुद्ध अंकितमायाको चिनो दिएर सम्मान गरेपछि माहौलमाझनै रौनकता सृजनाभयो । 

विश्वभरीकापर्यटन व्यवसायीले मनाउने विश्वपर्यटन दिवसको अवसर पारेर सेप्टेम्बर २७अर्थात असोज ११ गते शनिबार बेलहियामापनि नेपालएशोसियनअफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) ले नेपालप्रवेश गर्ने पहिलो चार जनाविदेशीलाई सम्मानगर्दाको क्षण गज्जब देखियो । 

अप्रत्याशित सम्मानपाउँदाविदेशीपर्यटकहरु खुसीले गदगदभए, हर्ष विभोर हुदै सबै नेपालीप्रति कृतज्ञता ब्यक्त गरे । 
सम्मानपछि बोल्दै अष्ट्रेलियादेखि नेपाल घुम्न आएकीबारबरा डोराले भनिन, ‘नेपाल जस्तो सुन्दर देश घुम्न आउने क्रममाबोर्डरमै गरिएको सम्मानले म अत्यन्तै खुसी छु । नेपाली र नेपालप्रतिको मायाअझै बढेर गएको छ । ’

डोरा जस्तै नेदरल्याण्डदेखि नेपाल घुम्न आएकामार्सल कैयवरले नेपालप्रवेश गर्दासाथ यसरी स्वागत गरेको देखेर दङग परेको बताए । कैयवरले भने, ‘ म त आश्चर्यमा परेको छु, नेपालप्रवेशद्वार यसरी सम्मान गरेपछि मलाई नेपालका गाउँठाउँमा झनै कति स्वागत र सम्मानहोलाभनिकौतुहलताजागेको छ । ’

उनले नेपालीहरुको अतिथीहरुलाई गर्ने सत्कार संसारकै उदाहरणीय रहेको पनिबताए । यसैगरी सो अवसरमा २ जनाभारतीयपर्यटकलाई पनि सम्मानगरिएको थियो । यसरी सम्मानितहुनेमाभारतीयपर्यटकहरु डा. संजय सिंह र बिनोद मिश्रा रहेका छन् । भारतीयपर्यटकद्वय सिंह र मिश्रा बुटवल हुदै पाल्पातर्फ गएका छन् । सम्मानपछि  डा. सिंहले नेपालीहरुले गर्ने ब्यवहार र सम्मान संसारले सिक्नुपर्ने बताए । 

नेपालएशोसियनअफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लेअष्ट्रेलियननागरिक डोरा, नेदल्यान्डबाट आएका कैयबर र भारतीयदुईजनापर्यटकोलागिनाट्टा लुम्बिनीलेपर्यटकको पहिलो गन्तब्य सम्मको एकदिनको यातयातयातयातब्यवस्था र एकरातको होटल खर्चको ब्यवस्थापन गरेको छ । 

पर्यटकलाई स्वागतगर्दै लुम्बिनीप्रदेशकाप्रमुख सचिवबाबुरामअधिकारीले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्रकोविकासकोलागिविदेशीपर्यटकको स्वागतमा सबैले विशेष ध्यानदिनुपर्ने बताए । उनले प्रदेश सरकारले पर्यटन प्रबद्र्धनकोलागिविशेष ढंगले कामगरिरहेको पनिबताए । 

सो अवसरमानेपालएशोसियसनअफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) लुम्बिनीप्रदेशकाअध्यक्षचन्द्र बहादुर थापाले नाट्टा लुम्बिनीले निस्वार्थ भावले नेपालको पर्यटनको विकासमाकामगरिहेको बताए । उनले भने, ‘हामीपर्यटन व्यवसायीहरु र सरकारी निकाय एकताबद्ध भई विदेशीपर्यटकको सहजताकोलागिआ–आफ्नो क्षेत्रबाट सहकार्य गरि कामगर्नुपर्दछ । ’

कार्यक्रममाबौद्ध भिक्षु सुमंगलोले नेपालको धार्मिक, ऐतिहासीक, सास्कृतिक र प्राकृतिक सम्पदाहरुले विदेशीलाई आकर्षतिगरिरहेको बेला सबै नेपालीहरु समताभावको साथ एकताबद्ध भई पर्यटन प्रबद्र्धनमालागेमा देश विकास हुने बताए । 
सो अवसरमापर्यटन व्यवसायी सागर अधिकारीले गुणस्तरीय पर्यटकको नेपालबसाई लम्बाउन सके मात्र नेपालको पर्यटन विकास हुने बताए । उनले भने, ‘नेपालको समृद्धिको आधार भनेको पर्यटन हो । सरकारले पर्यटनकोलागिविशेष योजनासाथकामगर्नु पर्दछ। विदेशीत्यसमापनिभारतीयपर्यटक लक्षित योजनाबनाउनु पर्दछ । ’

हवाई मार्ग हुदैँ त्रिभुवनअन्तराष्ट्रिय विमानस्थल, पोखरा विमानस्थल र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलविदेशीहरु नेपालआउने गर्दछन् । यसैगरी स्थलमार्ग हुदै पूर्वि नाकापशुपतिनगर, काकडभिट्टा, विराटनगर, बिरगन्ज, जनकपुर, कृष्णनगर, बेलहिया, नेपालगन्ज, महेन्द्रनगर लगायतप्रवेश गर्ने गर्दछन् । तीनाकामध्ये सबैभन्दा बढी पर्यटकहरु बेलहिया स्थित नाकाबाट नेपालप्रवेश गर्दछन् ।  

बेलहियानाकाहुदै चालु अङ्ग्रेजीवर्षको सेप्टेम्बर २५ तारिख सम्म ५८ देशका ६३ हजार ७ सय ९३ जना नेपालप्रवेश गरेका छन् । सन् २०२५ को अगस्तमहिना सम्ममापनिश्रीलङ्कालीपर्यटक नै बढी देखिएका छन् ।

अध्यागमनकार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार श्रीलङ्काका १९ हजार ८ सय ३५ जना, थाइल्याण्डका १२ हजार ३ सय ४५ जना, म्यानमारका ९ हजार २ सय ७८ जना, भियतनामबाट ४ हजार १ सय ८८ र दक्षिण कोरियाबाट २ हजार २४ जनापर्यटक नेपालभित्रिएका छन् ।  यसैबीचहोटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ बुटवलले पर्यटन दिवसको अवसरमामोटरसाईकल रयाली गरेको छ । 


 

प्रकाशित मिति: आइतबार, असोज १२, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update