Lumbini Rise
भिजन लुम्बिनीको साधरणसभा सकियो, १० प्रतिशत बोनस शेयर बितरण गर्ने

बुटवल- भिजन लुम्बिनी लिमिटेडले बोनस शेयर बितरण गर्ने निर्णय पास गर्दै साधारणसभा सम्पन्न गरेको छ । बुटवलमा शनिबार आयोजित दशौँ बार्षिक साधारणसभामा प्रस्तावित १०.५२६२ प्रतिशत लाभांश बितरण गर्ने निर्णय पारित भएको हो ।

कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले कम्पनीको चुक्ता पूँजीको १० प्रतिशत,करबाहेकले हुन आउने लाभांश बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरि जम्मा  १०.५२६२ प्रतिशत लाभांश बितरण गर्ने निर्णय प्रस्ताब पारित भएको जानकारी दिनुभयो ।

पोखरेल प्रस्ताव गरेको कम्पनीले जारी पूँजीका २० प्रतिशत शेयर सर्बसाधारणका लागि शेयरको प्राथमिक सार्बजनिक निश्कासन (आइपीओ)जारी गर्ने प्रस्ताव समेत पारित भएको छ ।

सो अबसरमा बोल्दै पोखरेलले कम्पनीले उर्जा तथा जलस्रोतमा लगानी बढाएको जानकारी दिदै पोखरामा २५मेगावाटको सेती नदी जलबिद्युत आयोजना संचालनमा आएको बताउनुभयो ।

त्यस्तै कास्कीमा ३१ मेगावाटको बज्रामादी जलबिद्युत निर्माणाधिन अवस्थामा रहेको जानकारी दिनुभयो ।

अध्यक्ष पोखरेलले  पाल्पाको तिनाउ गाउपालिकामा ३.४४ मेगावाटको तिनाउ खोला साना जलबिद्युत आयोजना निर्माण थाल्ने तयारीमा रहेको समेत जानकारी दिदै अब भिजन नेपाल लिमिटेड मार्फत् देशभर समृद्धिको यात्रा तीब्र पारिएको जानकारी दिनुभयो ।

उहाले सामुहिक लगानी र समृद्धिका लागि इको टुरिजम, अर्थ तथा बित्त, स्वास्थ्य, हस्पिटल, इन्स्योरेन्स, ब्रोकर, यातायात ,जग्गा लगायतका क्षेत्रमा लगानी गरिरहेको र लगानीको प्रतिफल दिने उल्लेख गर्नुभयो ।

सो अवसरमा संचालकहरु कुलबहादुर केसी,राजिब गौतम,सल्लाहकार इन्जिनियर लेखनाथ पाण्डेय,कृष्णकुमार श्रेष्ठ, उर्जाका अध्यक्ष सुदिपसिंह अधिकारी, भिजन नेपालको संचालक बिनोद अधिकारी,बज्रामादीका संचालक दिपेन्द्र ढकाल, हाँस्य कलाकार जितु नेपाल, जेसिजका अध्यक्ष जीवन कार्की लगायतले बोल्नुभएको थियो ।

साधारणसभाका अवसरमा हाँस्य कलाकार जितु नेपाल,तथा जेसिजका अध्यक्ष जीवन कार्की लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रमको संचालन कानुनी सल्लाहकार रामप्रसाद खनालले गर्नुभएको थियो । 

प्रकाशित मिति: शनिबार, पुस १९, २०८२  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update