Lumbini Rise
देवदह महोत्सव : सिङ्गसिङ्ग आइडलको अडिसनबाट ११ जना प्रतियोगी छनोट

देवदह - दशौं देवदह महोत्सवअन्तर्गत सञ्चालन भइरहेको ‘देवदह सिङ्गसिङ्ग आइडल-२०८२’ को अडिसन चरणबाट ११ जना प्रतियोगी छनोट भएका छन् । महोत्सव परिसरमा सम्पन्न अडिसन राउन्डमा विभिन्न उमेर समूहका नृत्य प्रतिभाले आफ्नो प्रस्तुति दिएका थिए ।

अडिसन राउन्डमा गायनकला, प्रस्तुति, तालमेल र मौलिकताको आधारमा प्रतिस्पर्धीहरूको मूल्यांकन गरिएको मेलाका सांस्कृतिक संयोजक गोविन्द ठडराइले जानकारी दिए । संयोजक ठडराइका अनुसार प्रतियोगीहरु सुनिमा चौधरी, कृतिका पाण्डे, आयुषा सापकोटा, विप्लब गोतामे, कृति पाठक, निशान्त गुरुङ, प्रिन्स कंडेल, आशिक परियार, देबेन्द्र परियार, रेशम सुनार र प्रविन गौतम अडिसनबाट छनौट भएका छन ।

अडिसन राउण्डको निर्णायकको भूमिकामा राष्ट्रिय कलाकार तेजु अर्याल र एनवि नेपालीले आयोजकले जनाएको छ । निष्पक्ष र व्यावसायिक ढंगले प्रतियोगीहरूको मूल्यांकन गरिएको निर्णायक संयोजक अर्यालले बताए ।

 छनोटमा परेका १५ जना प्रतियोगी अब देवदह डान्स आइडल-२०८२ को आगामी चरणमा प्रतिस्पर्धा गर्नेछन् ।  

प्रकाशित मिति: शनिबार, पुस २६, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update