Lumbini Rise
शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त, ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

 

काठमाडौं– शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा एमालेका रघुजी पन्त नियुक्त भएका छन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। बुधबार राष्ट्रपती पौडेलले मन्त्रिपरिषद् पुनर्गठन भएको सूचना जारी गरेका छन ।

नयाँ मन्त्रिपरिषद्‍मा शिक्षामन्त्रीको रुपमा पन्त नियुक्त भएका छन् भने कांग्रेसका ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) हटाइएका छन्।

कान्छारा भने ऊर्जामन्त्री दीपक खड्कासँगको द्वन्द्वका कारण हटाइएका हुन्। नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशकाक कुलमान घिसिङको विषयमा मन्त्री र राज्यमन्त्रीबीच द्वन्द्व थियो। दुवै कांग्रेसका हुन्।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  २२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update