Lumbini Rise
'विपद् जोखिम न्यूनीकरण लुम्बिनी प्रदेश कार्यमञ्च' गठन

दाङ - लुम्बिनी प्रदेशमा 'विपद् जोखिम न्यूनीकरण लुम्बिनी प्रदेश कार्यमञ्च' गठन गरिएको छ। दाङको देउखुरीमा आयोजित एक कार्यक्रम मार्फत उक्त जानकारी दिइएको हो।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिवको अध्यक्षतामा गठित कार्यमञ्चको सचिव डिपीनेटका प्रतिनिधि छन् भने विपद्का क्षेत्रमा कार्यरत संघसंस्थाका प्रतिनिधिहरु सदस्य छन्।

कार्यमञ्चमा सरकारी निकाय, सार्वजनिक संस्थान तथा अर्धसरकारी निकाय, प्राज्ञिक तथा अनुसन्धानमूलक, विकास साझेदार तथा संयुक्त राष्ट्र संघीय, अन्तराष्ट्रिय गैरसरकारी संस्था, राष्ट्रिय गैरसरकारी संस्था, व्यवसायिक प्रतिष्ठान तथा निजी क्षेत्र, सूचना प्रविधि तथा संचार र विपद् प्रभावित समूह गरी ९ वटा समूहहरु छन् ।

कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले लुम्बिनी प्रदेशबाट शुरू गरिएकाे कार्यमञ्च ७ वटै प्रदेशमा गठन गरिने जानकारी दिनुभयो ।

कार्यक्रममा प्राधिकरणका सहसचिव राेशनी कुमारी श्रेष्ठ, उपसचिव गोमा ढकाल पौडेल, लुम्बिनी प्रदेश अन्तर्गत मन्त्रालयका विपद् फाेकल पर्सन, सरकारी तथा गैरसरकारी संस्था, उद्याेग वाणिज्य महासंघ, पत्रकार महासंघलगायत संघ संस्थाका प्रमुख एवं प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update