बुटवल - बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद लाकौललाई सम्मान गरेको छ । संघको ७३औं स्थापना दिवसको अवसरमा आईतबार संघमा आयोजना गरिएको कार्यक्रममा पूर्वअध्यक्ष लाकौललाई सम्मान गरिएको हो ।
२०६१ देखि २०६३ सम्म अध्यक्ष भएर संघको श्रीबृद्धि तथा यस क्षेत्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा अतुलनीय योगदान पु¥याएवापत पूर्वअध्यक्ष लाकौललाई सम्मान गरिएको हो ।
पुर्वअध्यक्ष लाकौललाई नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनकुमार श्रेष्ठ तथा संघका अध्यक्ष हरिप्रसाद अर्यालले मालासहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।सम्मान ग्रहण गर्दै पूर्वअध्यक्ष लाकौलले संघले गरेको सम्मानले आफूलाई थप उर्जा प्रदान गरेको बताए । संघले हरेक स्थापना दिवसमा पूर्वअध्यक्ष मध्येबाट एक जनालाई सम्मान गर्दै आएको छ । लाकौल अध्यक्ष हुँदा संघले २०६२ सालदेखि कृषिमेला समेत प्रारम्भ गरेको थियो । त्यसयता संघले नियमित रुपमा कृषि मेला सञ्चालन गर्दै आएको छ ।
स्थापना दिवसकै अवसरमा संघले बुटवलका तीन वटा सामुदायिक विद्यालयमा छात्रबृत्ति अयक्षकोष स्थापना गरेको छ । संघले बुटवल उपमहानगरपालिका वडा नं. ४ मा रहेको कान्ति माध्यमिक विद्यालयमा स्थापित ‘बुटवल उद्योग वाणिज्य संघ रुपन्देही, कान्ति माध्यमिक विद्यालय अक्षयकोष’मा ७१ हजार रुपैंया थप गरेर १ लाख १ हजार पु¥याएको छ भने बुटवल ६ मा रहेको तिलोत्तमा माध्यमिक विद्यालयमा ५० हजार रुपैंया र वडा नं. ४ मा रहेको लक्ष्मी माध्यमिक विद्यालयमा १ लाख १ हजार रुपैंयाको छात्रबृत्ति अक्षयकोष स्थापना गरेको हो ।
कार्यक्रममा संघका अध्यक्ष अर्याल र नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले ती विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलाई उल्लेखित रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।
त्यसैगरी बुटवल उद्योग वाणिज्य संघमा गठित औषधी तथा सर्जिकल बस्तुगत समितिको समन्वयमा मावन सेवा आश्रमलाई आवश्यक औषधि प्रदान गरिएको छ । स्थापना दिवसकै अवसरमा संघ परिषरमा श्रीखण्ड चन्दनको बृक्षरोपण समेत गरिएको संघका कार्यसमिति सदस्य तथा स्थापना दिवस कार्यक्रम संयोजक दीपक घिमिरेले जानकारी दिए ।
२००९ सालमा तदर्थ समितिको रुपमा गठन भएको बुटवल उद्योग वाणिज्य संघ २०१० साल फागुन १० गते औपचारिक रुपमा दर्ता भएको थियो । त्यसैदिनलाई संघ स्थापना दिवसको रुपमा मनाउँदै आएको संघका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी गराए । उनका अनुसार नीजि क्षेत्रको सबैभन्दा पुराना संस्था बुटवल उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको हकहित तथा व्यवसायिक प्रवद्र्धनसहित आर्थिक, सामाजिक तथा औद्योगिक विकासमा नेतृत्वदायी भूमिका खेल्दै आएको छ ।


-1771772143.jpg)