बुटवल- निर्वाचन लोकतन्त्रको आधार हो । लोकतन्त्र नहुँदो हो त प्रधानमन्त्री, मन्त्री र पटक पटक सांसद भएकाले नमस्कार गर्दै जनता भेट्ने थिएनन् । यसकारण यो पटक जेनजीहरुले गरेको प्रदर्शन र त्यसपछि उत्पन्न राजनीतिक घटनाक्रमले यहि आउदो फागुन २१ गते निर्वाचन हुँदैछ ।
यो निर्वाचन खासमा आम निर्वाचन होईन, तर मध्याअवधि पनि होईन । यद्यपि यो निर्वाचनले असन्तोष, स्थापित दलहरुमाथि आक्रोश पोख्ने निर्वाचन हुने करिव करिव पक्का छ ।
स्थापित दलहरुका लागि यो पटकको निर्वाचन प्रतिष्ठाको बिषय मात्रै छैन, चुनाव जित्न नयाँ दलहरुले चुनौती पेश गरिदिएका छन् । देशव्यापी रुपमा हेर्ने हो भने यो पटकको निर्वाचन रास्वपाका लागि जति सहज देखिन्छ, काँग्रेस एमालेका लागि निकै चुनौतीपूर्ण छ ।
यसको अर्थ यो होईन की नेकपा, जसपा, उज्यालो नेपाल पार्टी, श्रम संस्कृती पार्टी, जनमत पार्टी लगायतलाई सहज छ । हुन त रास्वपाका नेताहरुमाथि प्रश्न छन् ? तर, रास्वपाका उम्मेद्वार वा नेताहरुमाथि जनताको सदभाव देखिन्छ भने काँग्रेस एमालेप्रति आक्रोश । हो, अहिले देखिएको ताजा दृश्य यहि हो ।
नयाँ भनेर प्रचारमा रमाएको रास्वपाको चुनावी ऐजेन्डा हेर्न हो भने त्यस्तो व्यवस्थित देखिदैन । नयाँ र पुराना दलका नेताको शैली उही पुरानै रहेको तर्क गर्छन् अध्येता लेखक रामचन्द्र श्रेष्ठ । ‘नयाँ’ भनिने पार्टीहरूले भदौ २३ लाई बढी केन्द्रमा राखेर सुशासन, भ्रष्टाचार र ‘पुरानो होइन, अब नयाँ’ भन्ने नारालाई बढी प्रयोग गरेर आएको देखिन्छ। नयाँ पूराना दुवै बाटोघाटो, भवन, टावरकै कुरा गरिरहनुभएको छ।
मूलतः भौतिक पूर्वाधार निर्माणकै कुरा मात्र गरिरहनुभएको छ’श्रेष्ठ भन्छन् । त्यसो त उनको विचारमा निर्वाचनलाई फेस्टिबलका रुपमा लिएको बताउँछन् । तर, यो पटक घाईते भएको संविधानलाई मलमपट्टी लगाउने खालको निर्वाचन हो ।
‘यो निर्वाचनले घाईते संविधानमा मलमपट्टी लगाउनेछ’ उनले भने । उनले अहिलेको निर्वाचनमा नयाँ र पूरानो भन्ने कुरा गलत भएको तर समिकरणमा भने बदलाव आउने बताए । विश्लेषकहरुले भनेजस्तै निर्वाचनले देशमा व्याप्त संकट, गरिबि, अशिक्षा, बेरोजगारी जस्ता समस्या समाधान गर्छ भन्ने ठोस अवस्था देखिदैन ।
स्थापित दलहरुले मुलुक जलाउनेलाई होईन बनाउनेलाई मत दिनुहोस् भन्दै प्रचार गरिरहेका छन् । अर्कोतर्फ नयाँहरुले पूरानाहरुले देशमा भ्रष्टाचार गरेको, सुशासन कायम नगरेको भन्दै चुनावी प्रचार गरेका छन् । यहि बिषयमा वामपन्थी नेता तथा नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले यो निर्वाचन अलोकतान्त्रिक भएपनि पूरानाहरुको नालायीका कारण आएको बताउँछन् ।
उनी पनि नयाँ र पूरानोको विचमा ऐजेन्डाका हिसाबले कुनै फरक नरहेको तर्क गर्छन् । उनले त पूराना र नयाँ भनिनेहरुको प्रचारप्रति नै व्यङग्य गर्दै भनेका छन् –‘देश डुबाउने र चलाउनेहरु चुनावी मैदानमा छन् भन्दा उपयुक्त होला।’ उनले मुलुकमा निर्वाचनपछि पनि अस्थिरता हुनसक्ने संकेत गरे । मतदातामा असन्तोष प्रकट केहीदिनअघि जनसेवा पार्टीका तर्फबाट उम्मेद्वार डा. निकोलस भुसाल बुटवल देविनगर चौपारीमा चुनावी प्रचारमा थिए । उनको प्रचार भइरहेको बेला एक जना महिला भेटिईन ।
उनी नेपाली काँग्रेसका संगठित सदस्य भएको बताईन । तर, उनले यसपाली भोट परिवर्तन गर्ने सोँचमा रहेको बताईन । उनले आफ्नो छोरा बुहारी र नाती क्यानडा रहेको बताउँदै मुलुकमा बेरोजगारी समस्या, व्याप्त भ्रष्टाचारका कारण वाक्क भएको दुखेसो पोखिन । त्यहि चौपारीमा भेटिए गुल्मीका एक बृद्ध । उनी भने नयाँ भनिएका पार्टीहरुले पनि देश बनाउने कुनै ठोस योजना नदेखेको बताए ।
उनी पूरानाले पनि काम नगरेको, नयाँले पनि काम गर्न नसक्ने हो की भन्दै आशंका गरे । उनी आफू चुनावसम्म जनताको पक्षमा काम गर्ने उम्मेद्वारलाई भोट दिने बताउँछन् । त्यसो त विभिन्न मिडियाले गरेको सर्वेक्षणमा विभिन्न टिप्पणीहरु आइरहेका छन् । रुपन्देही २ को निर्वाचनका सन्दर्भमा भने एमालेका उपाध्यक्ष विष्णु पौडेललाई चुनाव जित्न फलामको चिउरा चपाउन जस्तै छ ।
काँग्रेसका चुन्न प्रसाद पौडेल व्यवसायिक पृष्ठभूमिका हुन् । उनलाई राजनीतिमा स्थापित हुनु पनि एक प्रकारको जित जस्तै हुनेछ । यद्यपि काँग्रेसमा नेतृत्व परिवर्तको प्रभाव पर्ने भएकाले केहि सुधार देखिन्छ । तर, काँग्रेस एमाले दुवैका लागि चुनौती रास्वपा नै हो । तर, यी मध्ये मत बढाउन सक्दा नेकपाका विश्वदीपको सम्भावना रहनसक्छ । यद्यपि विगतको चुनावी मतपरिणामले नेकपाले यहाँ जित हासिल हुने अवस्था रहदा देशभर धेरै स्थानमा जित निकाल्ने छ ।
बुटवल सहर सहितको क्षेत्र भएकाले यहाँ नेकपाका सुभाष पाण्डेय विश्वदीप, डा. निकोलस भुसाल, जनमुक्ति पार्टीका केशब सुर्यवंशी, प्रलोपाका नारायण नागिला, नेकपाका विरेन्द्र सि पनि शसक्त रुपमा उत्रेका छन् ।
जतिसुकै तर्क वा बहस गरेपनि रुपन्देही २ मा चार शक्तिविच प्रतिस्पर्धा हुन्छ । तर, मूल रुपमा भने रास्वपा सहित काँग्रेस, एमालेविच नै हो । एमालेका तर्फबाट २०६४ सालदेखि लगातार निर्वाचन जित्दै सफल अर्थमन्त्री, विकासप्रेमी छवि बनाएका विष्णु पौडेलले सबैभन्दा थ्रेट महसुस गरेको निर्वाचन यहि हो ।
हुन त पौडेलले मात्रै कहाँ हो र ? हामीले माथी नै भनिसक्यौ की यो पटक काँग्रेस एमालेका लागि चुनौतीपूर्ण नै छ। रुपन्देही सहित लुम्बिनी प्रदेशका बजार क्षेत्रमा रास्वपा मुख्य प्रतिस्पर्धामा रहेको छ ।
कपिलबस्तु, नवलपरासीमा मेधशकेन्द्रीत दलहरुको प्रभाव रहेपनि पाल्पा, गुल्मी, प्यूठानसम्म रास्वपामा भिड देखिन्छ । दाङ र बर्दियामा भने तुलानत्मक रूपमा कम आवेग देखिए पनि स्थापित मतदाताभित्र असन्तुष्टि र प्रतिक्रियास्वरूप मत फेर्ने संकेत देखिन थालेको छ।
बर्दियामा पुरानो राजनीतिक संस्कार छोडेर नयाँ सोचतर्फ झुकाव देखिएको छ भने दाङमा आफ्नै पार्टीप्रति असन्तुष्ट मतदाताको संख्या बढ्दो रहेको बिबिसि नेपाली सेवाले समाचार लेखेको छ ।


