Lumbini Rise
रूपन्देही ३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव पक्राउ

वुटवल - रुपन्देही ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका महेन्द्र यादवलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको छ ।

 

 

 

 

 

 

 

उनलाई बैङ्किङ कसुर मुद्धामा पक्राउ गरिएको रूपन्देही प्रहरीले जनाएको छ।

 

81983-1772643769.jpg
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं ७ जनकपथ बस्ने ४८ वर्षीय यादव बैंकिङ कसुर मुद्धामा चितवन जिल्ला अदालतको २०८१।११।२५ गतेको फैसला बमोजिम तिस लाख साँवा र बिगो बमोजिमको जरिवाना हुने ठहरेको हुँदा उक्त बिगोवापतको कैद तथा जरिवाना प्रयोजनार्थ निज प्रतिवादीलाई उपस्थित गराई दिन सो अदालतको आदेशानुसार प्रतिवादीलाई आज वडा नं ६ स्थित गल्लामण्डीबाट नियन्त्रणमा लिई पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २०, २०८२  २२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update