Lumbini Rise
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले गरे मतदान

वुटवल-  लुम्बिनी मुख्यमन्त्री चेत नारायण आचार्यले अर्घाखाँचीमा मतदान गर्नुभएको छ। विहिबार बिहान उहाँले सन्धिखर्क नगरपालिका–९ रहिसचौरस्थित अर्घा रजस्थल माध्यमिक विद्यालय (क) केन्द्रमा पुगेर पहिलो मत खसाल्नुभएको हो।

मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री आचार्यले लोकतन्त्रको सुदृढीकरणका लागि सबै नागरिकले मतदानमा सहभागी हुनुपर्ने बताउनुभयो। 

उहाँले शान्तिपूर्ण र मर्यादित रूपमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो। जिल्लामा बिहानैदेखि मतदाताको उल्लेखनीय सहभागिता देखिएको छ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update