Lumbini Rise
रुपन्देही २ : काँग्रेस उम्मेद्वार चुन्न पाैडेलले गरे मतदान

बुटवल - रूपन्देही निर्वाचन क्षेत्र २ प्रतिनिधिसभा सदस्य उम्मेद्वार चुन्न प्रसाद पाैडेलले कान्ति मावि बुटवलमा मतदान गरेका छन् ।उनले सो केन्द्रमा पहिलो मत खसाल्दै आफ्नो मतदान अधिकार प्रयोग गरेका हुन् ।

बिहानै मतदान केन्द्रमा पुगेका उम्मेद्वार शर्मा मतदानपछि उत्साहित देखिएका थिए । सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्रको उत्सवमा सहभागी हुन आम मतदातालाई उत्साह, आशा र भरोसाका साथ मतदान गर्न अपिल गरे ।


उनले निर्वाचन भयरहित, निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै निर्वाचन प्रक्रियामा खटिएका कर्मचारी, सुरक्षाकर्मी तथा निर्वाचन आयोगको टोलीप्रति आभार व्यक्त गरे । ‘जनताको मत नै सर्वोच्च शक्ति हो, त्यसैले सबै मतदाताले निर्धक्क भएर आफ्नो अधिकार प्रयोग गर्नुहोस्’- उनले भने ।

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update