रुपन्देहीमा ६० प्रतिशत मत खस्यो
बुटवल - ५ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ६० प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार साँढे ३ बजेसम्म ६० प्रतिशत बढी मत खसेको हो ।
केही निर्वाचन क्षेत्रमा ७० प्रतिशत पनि मत खसिसकेको मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले जानकारी दिए ।
६० प्रतिशत बढी मत खसेको छ, कुनै अवरोध विना निर्वाचन भइरहेको छ उनले भने । रूपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन्।
यी मतदाताहरूले जिल्लाभरका २ सय १३ मतदान स्थल र ७ सय ३६ मतदान केन्द्रबाट मतदान गरिरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२ १६:०३
प्रतिक्रिया दिनुहोस्


