Lumbini Rise
रुपन्देहीमा मतदानको समय सकियाे , ६० देखि ६५ प्रतिशत मत खसेकाे अनुमान

रुपन्देही - रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा मतदानकाे समय सकिएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ५ बजेसम्म मतदानकाे समय ताेकिएकाे भएपनि लाइनमा रहेकाहरुकाे मतदान जारी छ ।

अहिलेसम्म  ६०  देखि ६५ प्रतिशतकाे हाराहारीमा मत मत खसेको आयाेगकाे अनुमान छ । सबै निर्वाचन क्षेत्रकाे परिणाम आउन बाँकी रहेकाेले ६० देखि ६५ प्रतिशत मत खसेकाे  मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले जानकारी दिए ।

रूपन्देहीका पाँच वटा निर्वाचन क्षेत्रमा ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन्। यी मतदाताहरूले जिल्लाभरका २ सय १३ मतदान स्थल र ७ सय ३६ मतदान केन्द्रबाट मतदान गरिरहेका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update