Lumbini Rise
रुपन्देहीमा ४ लाख ३७ हजार ३४८ (६५.०३ ) मत खस्याे

बुटवल - रुपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमा कुल ४ लाख ३७ हजार ३४८ (६५.०३ ) मत खसेको अनुमान गरिएकाे छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका ६५ प्रतिशत बढी मत खसेको जनाएकाे हाे ।

रूपन्देहीका  ६ लाख ७२ हजार ५ सय २३ जना मतदाता छन्। २ सय १३ मतदान स्थल र ७ सय ३६ मतदान केन्द्रबाट मतदान गरेका हुन् ।  

सबै निर्वाचन क्षेत्रमा मतगणनाकाे तयारी गरिएकाे समेत मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले जानकारी दिए ।

रुपन्देहीका ५ निर्वाचन क्षेत्रकाे खसेकाे मत 

  • रुपन्देही, क्षेत्र नं १ मा खसेको मतः ९७३७७ (६६.३२%)
  • रुपन्देही, क्षेत्र नं २ मा खसेको मतः ८६५३० (६४.०७%)
  • रुपन्देही, क्षेत्र नं ३ मा खसेको मतः ९५०१़३ (६७.८२%)
  • रुपन्देही, क्षेत्र नं ४ मा खसेको मतः ७७३९३ (६६.६१%)
  • रुपन्देही, क्षेत्र नं ५मा खसेको मतः ८१०३५ (६०.२७%)

गरि कुल जम्मा ४३७३४८ (६५.०३% ) मत खसेको अनुमान गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन २१, २०८२  २१:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update