रूपन्देही २ : विष्णुलाइ फराकिलो मतान्तरले पछि पार्दै रास्वपाका सुल
बुटवल- प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही २ बाट उम्मेदवार रहेका रास्वपाका सुलभ खरेल पूर्वअर्थमन्त्री तथा एमाले उम्मेदवार विष्णु पौडेलमाथि सुरुवातमै हावी देखिएका छन् ।
प्रारम्भिक गणनामै सुलभले फराकिलो अग्रता लिएका छन् व। अहिलेसम्मको गणनाअनुसार उनले पौडेललाई दुई हजार बढी मतले पछि पारेका छन् ।
खरेलले चार हजार ७४ मत प्राप्त गर्दा पौडेलले जम्मा ८४५ मत पाएका छन् । उनीहरूलाई नेपाली कांग्रेसका चुन्नप्रसाद शर्मा (पौडेल) ले ५०४ मा ल्याएर पछ्याइरहेका छन् ।
बुटवल उपमहानगरपालिका–१ को १८ सय ६५ मतमा खरेलले १२ सय ९३ मत पाएका छन् । यहाँ पौडेलले २४५ र कांग्रेसका चुन्नप्रसादले १९९ मत पाएका छन् । नेकपाका विश्वदीप पाण्डेले ८ मत पाएका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ ०५:२५
प्रतिक्रिया दिनुहोस्


