Lumbini Rise
रुपन्देही २ : १० हजार मत गन्दा रास्वपाका सुलभ एमालेका विष्णुभन्दा ७ हजार बढी मतले अगाडि 

बुटवल - रूपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलले सुरुवातदेखि नै अग्रता कायम राखेका छन् । १० हजार ६२९ मत गन्दा सुलभले ७ हजार १५१ मत प्राप्त गरेका छन्। 

निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले १ हजार ६५८ ल्याएका छन्।

कांग्रेसका चुन्न पौडेलले ७३४ मत ल्याउदा नेपाली कम्युनिस्ट पार्टीका विश्वदिप पाण्डेले ३१५ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । रुपन्देही २ मा २०६४ सालयता एमालेका विष्णु पौडेलले निरन्तर चुनाव जित्दै आएका थिए ।

यहाँ कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन् । जसमध्ये ८६ हजार ५३० मत अर्थात ६४.०७ प्रतिशत मत खसेको छ । मतगणना रातीदेखि बुटवल ११ स्थित निर्वाचन कार्यालयमा भइरहेको छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update