Lumbini Rise
२ क्षेत्रको नतिजा आयो, ९१ क्षेत्रको मतगणना जारी

काठमाडौँ -  बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहेको छ । प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रमध्ये २ स्थानको नतिजा आएको छ भने अन्य ९१ क्षेत्रको मतगणना जारी रहेको छ । 

 

 

 

मतगणना भइरहेका क्षेत्रमध्ये रास्वापले १ स्थानमा जित हासिल गर्दै ७० क्षेत्रमा अग्रता कायम गरेको छ । 

यस्तै नेपाली कांग्रेसले एक क्षेत्रको जित निकाल्दा ८ स्थानमा अग्रता बनाएको छ भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ५ स्थनमा अग्रता बनाएको छ । यस्तै नेकपा एमालेले ४ स्थान तथा राप्रपाले १ स्थानमा अग्रता लिएको छ । स्वतन्त्रसहित अन्य दलको अग्रता ३ स्थानमा छ । 

यसबाहेक अन्य कतिपय क्षेत्रमा मतगणनाको तयारी भएको छ भने कतिपय स्थानको अझै मतपेटिका संलकन कार्य जारी छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update