Lumbini Rise
रूपन्देही २ : रास्वपाका सुलभ फराकिलाे मतान्तरले विजयी 

बुटवल - रूपन्देही–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुलभ खरेलले फराकिलाे मतान्तरले जित हासिल गरेका छन् । 

२०६४ सालदेखि निरन्तर निर्वाचित हुँदै आएका नेकपा एमालेका विष्णु पाैडेललाई ४३ हजार६८९ काे फराकिलाे मतान्तरले जित हासिल गरेका हुन। सुरुवातदेखि नै अग्रता कायम गरेका सुलभले ५६ हजार ५५०  मत ल्याए । 

शनिबार विहान सार्वजनिक अन्तिम परिणाम अनुसार एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री पौडेलले जम्मा १२ हजार ८६१ मत ल्याए । 

निकटतम मानिएका पाैडेलले जमानत जाेगाएपनि निकै कम मत ल्याएका हुन् ।   नेपाली कांग्रेसका चुन्न पौडेलले ९ हजार ३९२ मत ल्याउदा नेपाली कम्युनिस्ट पार्टीका सुभाषा पाण्डेय विश्वदिपले १४०९ मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । रुपन्देही २ मा २०६४ सालयता एमालेका विष्णु पौडेलले निरन्तर चुनाव जित्दै आएका थिए ।

यहाँ कुल १ लाख ३५ हजार ५० मतदाता रहेका छन् । जसमध्ये ८६ हजार ५३० मत अर्थात ६४.०७ प्रतिशत मत खसेको छ । त्यसमध्ये ८४ हजार १३ मत सदर भएकाे छ भने  २ हजार २९० मत बदर भएकाे छ।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  १०:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update