रूपन्देही ३: फराकिलाे मतान्तरले लेखजंग विजयी
बुटवल - रुपन्देही क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.लेखजंग थापा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। रास्वपाका उम्मेदवार डा.थापा ५८ हजार ८ सय १४ मतका साथ निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका सुशील गुरुङ्गले ८ हजार ४ सय ३५ मत प्राप्त गरे। नेकपा (एमाले)का उम्मेदवार बासुदेव घिमिरेले ८ हजार २ सय ७५ मत प्राप्त गरे ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गौरव बोहराले ७ हजार ७ सय ८९ मत प्राप्त गरे ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का फैज अहमद खाँले २ हजार ५ सय ९४ मत ल्याए ।
प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२ १४:४४
प्रतिक्रिया दिनुहोस्


