रुपन्देही ५ : एमालेका खिमलाल हराउँदै रास्वपाका ताैफिक विजयी
बुटवल - रूपन्देही ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेद्वार तौफिक अहमद खान विजयी भएका छन । उनले ३८ हजार ८०६ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
उनले एमाले नेता खिमलाल भट्टराईलाई २५७०६ मतले पराजित गरेका हुन । भट्टराईले १३ हजार १०० मत ल्यायका थिए ।
त्यस्तै नेपाली कांग्रेसका नेता भरतकुमार शाहले १२ हजार ६२४,नेपाल कम्युनिष्ट पार्टीका मुहम्मद वकील मुसलमानले ६ हजार १७६ मत प्राप्त गरेका थिए।
प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२ १८:१५
प्रतिक्रिया दिनुहोस्


