Lumbini Rise
लुम्बिनीमा नेकपाकाे दाेस्राे जित, राेल्पामा बर्षमानकाे फराकिलाे जित

रोल्पा- नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले राेल्पामा जित हासिल गरेका छन् । उनले २७ हजार ४६० मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. सुदनकुमार वलीले १२ हजार ८ मत पाए । 

रास्वपा बालराम थापाले १० हजार ८९४ ल्याएर तेस्रो हुँदा नेकपा एमालेका गोकुलप्रसाद घर्तीले ९ हजार ९३३ मत पाएका छन्। नेकपा माओवादीका चुडामणि वलीले ३ हजार ७१४ पाएका छन् ।

रोल्पामा १ लाख ४९ हजार ५ सय ९७ मतदाता रहेका थिए । जसमा ६८ हजार ७७६ अर्थात ४६।३९ प्रतिशत मत रोल्पामा खसेको थियो । ६५ हजार ६३२ मत सदर हुँदा ३ हजार १४४ मत बदर भएको छ ।

 २०७४ को प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रले एमालेसँग र २०७९ मा कांग्रेससँग गठबन्धन गरेर प्रतिस्पर्धा गरेको थियो। दुवै गठबन्धबाट वर्षमान पुन विजयी भएका थिए।

प्रकाशित मिति: शनिबार, फागुन २३, २०८२  २१:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update