Lumbini Rise
मतदाता शिक्षा कमजाेर : लुम्बिनीमा एक लाख बढी मत बदर

बुटवल - लुम्बिनी प्रदेशमा झन्डै एक लाख १२,००० मत बदर भएको तथ्याङ्क सार्वजनिक भएको छ। प्रदेश निर्वाचन कार्यालय घोराहीका अनुसार प्रदेशका १२ जिल्लामा पहिलो हुने निर्वाचन प्रणालीअन्तर्गत भएको मतदानमा उल्लेखनीय मत सदर भए पनि केही मत बदर भएको देखिएको हो।

लुम्बिनी प्रदेशमा कुल ३३ लाख ८६,६८० मतदाता रहेकामा २० लाख २०,६०५ मत खसेको थियो। त्यसमध्ये १९ लाख ८,६४९ मत सदर भएको र बाँकी एक लाख ११,९५६ मत बदर भएको जनाइएको छ। प्रदेशको सबैभन्दा धेरै मतदाता रहेको रूपन्देही जिल्लामा मात्र २२ हजार ३५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।

अधिकांश बदरका घटनामा एउटै मतपत्रमा दुईवटा चुनाव चिह्नमा स्वस्तिक छाप लगाइएको र केही मत पत्रमा औँठाछाप तथा मसी लतपतिएको पाइएको बाँकेका निर्वाचन अधिकारी टेकबहादुर शाही बताउँछन्।

उनका अनुसार मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहे पनि स्थान, समुदाय र भाषागत विविधताका कारण यसको प्रभाव सीमित देखिएको पाइन्छ।

प्रकाशित मिति: बुधबार, फागुन २७, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update